एएफसी च्यालेन्जकपमा चर्च बोइजको कप्तानी अनन्तले गर्ने

3 Jul, 2024
Share:
117 Shares

आसन्न एएफसी च्यालेन्जकपमा नेपालको लिग विजेता क्लब चर्च बोइजको कप्तानी अनन्त तामाङले गर्ने भएका छन्। क्लबले सामाजिक सञ्जालमामार्फत टिमको कप्तानी अनन्तले गर्ने जनाएको हो।

अनन्तकै कप्तानीमा चर्च बाेइजले ए डिभिजन लिग उपाधि जितेकाे थियाे।

चर्च बोइजले साउन २९ गने एएफसी च्यालेन्ज कपको छनोट खेलमा भुटानको पारो एफसीसँग खेल्ने तालिका छ। खेल दरशथ रंगशालामा हुनेछ।

च्यालेन्ज कपमा पुग्ने टिमले एक लाख रकम पुरस्कार पाउनेछ। चर्च बोइज टिमले छनोटको तयारी सुरु गरेको छ।

क्लबमा अघिल्लो संस्करणको ए डिभिजन लिग खेलेका खेलाडीले निरन्तरता पाउनेछन् ।

चर्च बोइजबाट ए डिभिजन खेल्ने खेलाडीमा अन्जन विष्ट, कमल श्रेष्ठ, एरिक विष्टलगायतका खेलाडी थिए । विदेश गइसकेका खेलाडीको ठाउँमा भने नयाँ खेलाडी अनुबन्ध गर्ने क्लबले जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय खेलका लागि मान्यता गुमाए पनि क्लबका प्रतियोगिता आयोजना गर्न भने एसियाली फुटबल महासंघले रंगशालालाई स्वीकृति दिएको छ।