एन्फा महिला लिग : वालिङमाथि पुलिसको सानदार जित

3 Jan, 2025

एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टिम नेपाल पुलिस क्बलले सानदार सुरुआत गरेको छ।

लिग अन्तर्गत शुक्रबार साटदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसले स्याङ्जाको वालिङ नगरपालिमाथि ५–०को फराकिलो जित निकाल्यो।

पुलिसलाई सानदार जित दिलाउने क्रममा अनुष्का शेर्पा र सम्झना लावतीले समान २ गोल गर्दा पुजा रानाले १ गोल गरिन्।

२७औैं मिनेटमा अनुस्काको गोलमा खेलमा पुलिसले अग्रता लियो। पहिलो हाफको इन्जुरी समयमा सम्झनाले पुलिसको अग्रता दोब्बर बनाइएकी थिइन्।

दोस्रो हाफको खेल सुरु भएको १ मिनेट नबित्दै पुलिसले तेस्रो गोल गरेको थियो। ४६औं मिनेटमा उसका पुजाले गोल गरेकी थिइन्। लगत्तै ४८औं मिनेटमा अनुस्काले गोल गरेपछि खेलमा पुलिसले ४–०को अग्रता लियो।

त्यसपछि ६०औं मिनेटमा सम्झनाले फ्रिकिकमा गोल गर्र्दै खेलमा पुलिसलाई ५–०को अग्रता दिलाइन्। त्यसपछि खेलमा गोल नहुँदा पुलिस विजयी भयो।

यो जितसँगै ३ अंक जोडेको पुलिसले अंक तालिकामा सुरुआती अग्रता लिएको छ। उसको पछाडि आर्मीको पनि ३ अंक नै छ। वालिङ भने फराकिलो हारका कारण अन्तिम स्थानमा रह्यो।

शनिबार एपीएफ र वाग्मती युथ क्लबबीच खेल हुनेछ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]