एन्फा महिला लिगमा रश्मीकाे ह्याट्रिक, एपिएफको सहज जित

4 Jan, 2025
Share:
117 Shares

जारी एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टिम एपिएफ क्लबले सहज जित निकालेको छ। शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले बागमती युथ क्लबविरुद्ध ५–१को सानदार जित निकाल्यो।

खेलमा एपिएफलाई सनादार जित दिलाउन रश्मीकुमारी घिसिङले ह्याट्रिक गरिन् भने गीता रानामगर र अनिता केसीले गोल गरे भने बागमतीका पुष्पकुमारी खड्काले गोल गरिन्।

छैटौं मिनेटमा पहिलो रश्मीले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्। १२औं मिनेटमा रश्मीले नै टिमको अग्रता दोब्बर बनाइन्। १७औं मिनेटमा पुष्पले गोल गर्दै बागमतीलाई खेलमा फर्काउने प्रयास गरिन्।

तर, २७औं मिनेटमा गीताले गोल गर्दै पुनः एपिएफलाई २ गोलको अग्रता दिलाइन्। पहिलो हाफ ३–१मा सकियो।

दोस्रो हाफमा एपिएफले थप २ गोल गरेको थियो। एपिएफका लागि अनिताले ५९औं मिनेटमा गोल गरिन् भने भने रश्मीले ७०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्। त्यसपटि गोल नहुँदा एपिएफ ५–१ले विजयी भयो।

५ टिम सहभागी महिला लिगको अन्तिम चरणमा आइतबार दुई विभागीय टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भीड्ने छन्।