एन्फा महिला लिगको विभागीय डर्बी, आर्मीमाथि एपिएफको सानदार जित

11 Jan, 2025
Share:
117 Shares

एन्फा महिला लिगको विभागीय डर्बी भीडन्तमा एपिएफ क्लब विजयी भएको छ। शनिबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबमाथि ३–१को जित निकाल्यो।

एपिएफलाई जित दिलाउने क्रममा निशा थोकर, कप्तान अनिता बस्नेत र प्रीति राईले गोल गरे भने आर्मीका लागि विमला थापाले गोल गरिन्।

खेलको पहिलो गोलरहित बराबरीमा सकिएको थियो। ६०औं मिनेटमा निशाले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन्। ६९औं मिनेटमा विमलाले गोल गर्दै आर्मीका लागि गर्दै खेलालाई बराबरीमा ल्याइन्।

त्यसपछि अनिताले ८५औं मिनेटमा फ्रिकिकमा गोल गर्दै पुनः एपिएफलाई अग्रता दिलाइन्। त्यसपछि इन्जुरी समयमा प्रीतिले गोल गरेपछि एपिएफ ३–१ ले विजयी भयो।

सुपर लिगमा लागतार चार खेल जितेको एपिएफ १२ अंकसहित शीर्ष स्थानमा छ। चार खेलमै ७ अंकसहित आर्मी दोस्रो स्थानमा छ।