पुलिसलाई हराउँदै एपिएफ एन्फा लिगको क्वालिफायरमा

20 Jan, 2025

विभागीय टिम एपिएफ क्लब एन्फा महिला लिगको दोस्रो चरणमा शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको छ। सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबलाई २–०ले हराउँदै एपिएफ शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको हो।

एपिएफलाई जित दिलाउन रश्मिकुमारी घिसिङ र अनिता केसीले गोल गरे। रश्मिले १७ औं मिनेटमा पहिलो गोल गरिन् । अनिताले दोस्रो हाफको ६४ औं मिनेटमा दोस्रो गोल थपिन्।

लिगको दोस्रो चरणमा शतप्रतिशत तिज निकालेको एपिएफ ७ खेलमा २१ अंक जोडेको छ। अन्तिम खेलमा पराजित भएपनि ऊ शीर्ष स्थानमै रहनेछ।

यस्तै, पुलिस पराजित भएसँगै त्रिभुवन आर्मी क्लब दोस्रो हुँदै क्लालिफायर १मा पुगेको छ। सात खेलमै आर्मीको १६ अंक छ।

यता, पुलिस तेस्रो र बागमती युथ क्लब चौथो स्थानमा रहेका छन्। यी दुईले एलिमिनेटर खेल्ने छन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]