एन्फा महिला लिगमा कोशीको लगातार तेस्रो जित

8 Sep, 2024

जारी एन्फा महिला लिगमा कोशी प्रदेशले आफ्नो उत्कृष्ट प्रदर्शनलाई तेस्रो खेलमा पनि निरन्तरता दिएको छ। प्रतियोगितामा लागतार तेस्रो जित निकाल्ने क्रममा आइतबार भएको पहिलो खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई ४–०ले हरायो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा कोशीलाई सहज जित दिलाउने क्रममा पूर्णिमा राईले २ गोल गरिन् भने समीक्षा मगर र प्रतिक्षा राईले पनि गोल गरे।

३४औं मिनेटमा पुर्णिमाको गोलमा कोशीले सुरुआती अग्रता लियो। पहिलो हाफ १–०मै सकियो।

दोस्रो हाफमा भने कोशीले तीन गोल गरेको थियो। उसका समीक्षाले ६६औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन्। पुर्णिमाले ७१औं र ७४औं मिनेटमा प्रतिक्षाले गोल गरेपछि कोशीले ४–०को सहज जित निकाल्यो।

लगातार तेस्रो जित निकालेको कोशी ९ अंकसहित महिला लिगको शीर्ष स्थानमा छ। यसअघि उसले वालिङ नगरपालिकालाई ४–० र बागमती युथ क्लबलाई २–१ले हराएको थियो। कर्णालीको भने १ अंक मात्र छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]