एन्फा महिला लिगमा आर्मीको जित, दाेस्राे स्थानमा उक्लियाे

12 Sep, 2024
Share:
117 Shares

काठमाडौंमा जारी एन्फा महिला लिगमा विभागीय टिम त्रिभुवन क्लब विजयी भएको छ।

बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा आर्मीले बागमती युवा क्लबलाई ३–०ले हरायो।

आर्मीको जितमा विमला चौधरी र अमिशा कार्कीले गोल गरे भने अर्को गोल आत्मघाती भएको थियो।

२६औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन्। ६१औं मिनेटमा अमिशाले टिमको अग्रता दोब्बर बनाइन्। ९०औं मिनेटमा बागमतीकी सञ्जी थिङले आफ्नै पोस्टमा गोल गरेपछि आर्मी ३–०ले विजयी भयो।

प्रतियोगितामा आर्मी एपिएफसँग मात्र पराजित भएकोे छ । जितसँगै आर्मीले चार खेलमा ९ अंक जोडेको छ। कोशीसँग समान अंक भएपनि गोलअन्तरमा अगाडि रहँदै आर्मी दोस्रो स्थानमा उक्लिएको छ। यता, बागमती भने ३ अंकसहित सातौं स्थानमा छ।