एन्फा महिला लिगमा सुदूरपश्चिमको पोस्टको एपिएफको गोलको वर्षा, तीन खेलाडीले गरे ह्याट्रिक

23 Sep, 2024
Share:
117 Shares

जारी एन्फा महिला लिगमा विभागीय टिम एपिएफले फराकिलो जित निकालेको छ। सोमबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई १९–०को फराकिलो अन्तरले हराएको हो।

सुदूरपश्चिम प्रदेशविरुद्ध एपिएफलाई फराकिलो जित दिलाउने क्रममा तीन खेलाडीले ह्याट्रिक गरे। जसमा रश्मिकुमारी घिसिङ र अनिता केसीले ह्याट्रिकसहित ४ गोल गर्दा, प्रिती राईले ह्याट्रिक गरिन्।

यस्तै, कुशुम खतिवडा र सविता रानामगरले समान २ तथा सरु लिम्बु र रेनुका हमालले समान १ गोल गरे। अन्य दुई गोल आत्मघाती भएको थियो।

एपिएफले पहिलो हाफमा ९ र दोस्रो हाफमा १० गोल गरेको थियो।

लिगमा अपराजित रहेको एपिएफ ८ खेलमा २२ अंकसहित शीर्ष स्थानमा छ। यता, सूदुरपश्चिम भने अंकबिहीन रहँदै पुछारमा छ।