डी मारियाले लिए सन्न्यास

16 Jul, 2024
Share:
117 Shares

अर्जेन्टिनी विंगर एन्जलो डी मारियाले सन्न्यास लिएका छन्  उनले कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको बताएका थिए । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेललाई उनले सुखद बनाएका छन्।

मारियाले दुईपटक अर्जेन्टिनाका लागि निर्णायक गोल गरेका छन्। सन् २००८ को बेइजिङ ओलम्पिकमा अर्जेटिनाले स्वर्ण हात पार्दा उनले नाइजेरियाविरुद्ध गोल गरेका थिए । सन् २०२१ मा कोपा अमेरिकाको उपाधि जित्दा उनले ब्राजिलविरुद्धको फाइनलमा गोल गरेका थिए।

मेसीको अन्तर्राष्ट्रिय सफलतामा डी मारियाको योगदान धेरै योगदान छ। तर, उनी सधैं मेसीको छायाँमा परे। यसपटक कोपा अमेरिका खेल्नुअगाडि नै सन्न्यास लिने र युवाहरूलाई मौका दिने मारियाले बताएका थिए 

उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा कोलम्बियाविरुद्ध लगभग पूरा समय खेले। खेलको ११६औं मिनेटमा उनी मैदानबाट बाहिरिँदा भावुक बने।

‘मैले यस्तै सपना देखेको थिएँ, कोपा अमेरिकाको उपाधिका साथ बिदा हुँदै छु,’ डी मारियाले भने, ‘मेसीलाई मैले कोपा अमेरिका नै अन्तिम प्रतियोगिता भनेको थिएँ, अमेरिकामा फाइनल खेलेको र उपाधि जितेको सपना देखेको थिएँ ।’ फाइनल खेलमा उनी नै प्लेयर अफ दी म्याच घोषित भए।

डी मोरियाले सन् २०२२ मा कतारले आयोजना गरेको फिफा विश्वकप फुटबल जीवनकै सुन्दर पक्ष भएको बताएका छन्।

३६ वर्षीय डी मारियाले अर्जेन्टिनाबाट १ सय ४५ खेल खेल्दै ३१ गोल गरेका छन् । उनले अर्जेन्टिनाका लागि ६ कोपा अमेरिका र ४ विश्वकप खेलेका छन् ।