गोलकिपर अञ्जनाले परिवर्तन गरिन घरेलु क्लब, आर्मी छाडेर एपिएफ पुगिन्

7 Apr, 2025
Share:
117 Shares

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगरले घरेलु क्लब परिवर्तन गरेकी छिन्।

घरेलु फुटबलमा कबिर १ दशक आर्मी क्लबको जर्सीमा देखिएकी अञ्जना अर्को विभागीय टिम एपिएफ क्लब एपिएफको जर्सीमा देखिने छिन्।

एपिएफले अञ्जनालाई करारमा अनुबन्धन गरेको हो।

अब उनले एपिएफ क्लबमा राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बको स्थान लिने छिन्। एञ्जिला अहिले ग्रिसमा व्यवसायिक फुटबल खेल्छिन्।

एन्जिला नहुँदा एपिएफको गोलकिपरमा सावित्री किसनले थिइन्।

राष्ट्रिय टिममा लामो सयमदेखि रहेपनि अञ्जनाले खेल्ने मौका भने कमै मात्र पाएकी छिन्। उनी पेनाल्टीको विशेषज्ञ गोलकिपर मानिन्छिन्।