पाकिस्तानी लिगमा मासा युनाइटेडको कप्तानी एन्जिलाले गर्ने

पाकिस्तानी महिला फुटबल लिगमा मासा युनाइटेडको कप्तानी नेपाली राष्ट्रिय महिला टिमकी सदस्य गोलमिपर एन्जिलो तुम्बापो सुब्बाले गर्नै भएकी छिन्। मासा युनाइटेडले सोमबार एक कार्यक्रम गर्दै एन्जिलालाई कप्तानको जिम्मा दिएको हो।

मासा युनाइटेडमा एन्सिलासँगै चार नेपाली खेलाडी आबद्ध छन् । जसमा सुरु लिम्बू, अनिता केसी र गीता राना छन् । चारै खेलाडी पाकिस्तानी लिग खेल्ने गत शुक्रबार मात्र पाकिस्तान गएका थिए।

ुकप्तानको जिम्मेवारी पाएपछि एन्जिलाले आफ्ना लागि अवसर र चुनौति दुवै भएको प्रतिक्रिया दिएकी छिन् । ‘मासा भर्खरै बनेको टिम हो, मलाई कप्तानीको जिम्मेवारी दिइएको छ, त्यसका लागि तयार छु । मैदानमा कप्तान र खेलाडीका रुपमा उत्कृष्ट प्रदर्शन गर्न छु । यो मेराका लागि चुनौति र अवसर दुवै हो,’ एन्लिाले भनिन् ।

घरेलु फुटबलमा चारै खेलाडी विभागीय टिम एपिएफमा आबद्ध छन्। उनीहरुले भर्खरै सम्पन्न राष्ट्रिय महिला लिगमा एपीएफलाई अपराजित रहँदै उपाधि दिलाएका थिए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.