एञ्जिला पनि ग्रीस लागिन्

28 Feb, 2025
Share:
117 Shares

नेपाली महिला राष्ट्रिय टिमकी कप्तान एञ्जिला तुम्बापो सुब्बा ग्रीस प्रस्थान गरेकी छिन्।

उनी व्यवसायिक फुटबल खेल्नका लागि शुक्रबार दिउँसो ग्रीस प्रस्थान गरेकी हुन्। उनी ग्रीसको शीर्ष डिभिजन क्लब अट्रोमिटौबाट ग्रीकमा आबद्ध छिन्।

एञ्जिला चार देशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्ने प्रतियोगिता सुरु हुनुअघि नेपाल आएकी थिइन्।

शुक्रबार उनलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाह, केन्द्रीय सदस्य पेमा डोल्मा लामा, र महिला टोलीकी व्यवस्थापक विन्द्रा देवानले विदाई गरेक थिए।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपकै लागि नेपाल फर्किएका सावित्रा भण्डारी र रेखा पौडेल बिहीबार नै टिममा जोइन हुन त्यसतर्फ प्रस्थान गरिसकेका छन्।

नेपाली महिला टिम प्रतियोगितामा फाइनल पुगे पनि उपाधिबाट भने वञ्चित भएको थियो। बुधबार भएको फाइनलमा नेपाल म्यानमारसँग २–०ले पराजित भएको थियो।