सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

एएफसी महिला च्याम्पियन्स लिगमा एपिएफले दोस्रो खेल खेल्दै

पहिलो पटक एएफसी वुमन्स च्याम्पियन्स लिग खेलिरहेको नेपालका एपिएफ क्लबले प्रारम्भिक चरणमा आज दोस्रो खेल खेल्दैछ।

एपीएफ क्लबले आज मलेसियाको क्लब सबाहसँग खेल्दै छ। खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजे मलेसियाकै कोताकिनाबालुस्थित लिसाका स्टेडियममा हुनेछ।

घरेलु मैदान भएकोले सबाहका लागि फाइदा पुग्न सक्छ। सबाहको यो पहिलो खेल हो।

समूह सीमा रहेको एपिएफ पहिलो खेलमा उज्वेकिस्तानको क्लब नासाफसँग १–० ले पराजित भएको थियो। त्यसैले एपिएफ निश्चित जितको खोजीमा छ।

समूह विजेता मात्र अन्तिम चरणमा पुग्ने छ। तीन टिम मात्र रहेको यो समूहबाट अघिल्लो चरणको सम्भावना जिवितै राख्न एपिएफले आज जित निकाल्नु पर्ने छ भने समूहको अन्तिम खेलमा सबाहले झिनो अन्तरको जित निकाल्नु पर्नेछ।

1.3Kशेयर