सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

मलेसिया क्लबसँगको बराबरीसँगै एपिएफ एएफसी च्याम्पियन्स लिगबाट बाहिरियो

पहिलो एएफसी वुमन्स च्याम्पियन्स लिग खेलिरहेको नेपाली टिम एपिएफ क्लब प्रारम्भिक चरणबाटै बाहिरिएको छ।

बुधबार साँझ भएको समूहको दोस्रो खेलमा मलेसियन क्लब सबाहसँग बराबरीमा रोकिएपछि एपिएफ क्लब प्रतियोगिताबाट बाहिरिएको हो।

कोताकिनाबालुस्थित लिसाका स्टेडियममा भएको एपिएफ र सबाहबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।

बराबरीपछि एपिएफले समूह सीमा दुई खेलबाट १ अंक मात्र जोड्यो। यसअघि एपिएफ उज्वेकिस्तानको नासाफसँग १–० ले पराजित भएको थियो।

३ टिम रहेको समूहको शीर्ष स्थानमा रहने टिम मात्रै एएफसी वुमन्स च्याम्पियन्स लिगमा पुग्ने छ।

1.3Kशेयर