२ गोलको अग्रता जोगाउन नसक्दा आर्सनल रोकियो

19 Jan, 2025
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा आर्सनल एस्टन भिल्लासँग २–२को बराबरीमा रोकिएको हो।,

खेलमा आर्सनलका लागि ग्याब्रिअल मार्टिनेली र काई हाभर्ट्जले गोल गरेका थिए भने एस्टाभिल्लाका ओली वाट्किन्स र योरी टिलेमन्सले गोल गरे।

खेलमा ३५औं मिनेटमा मार्टिनेलीको गोलमा आर्सनलले सुरुआती अग्रता लियो। ५५औं मिनेटमा हाभर्ट्जले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए।

तर, त्यसपछि ८ मिनेटमा २ गोल गर्दै भिल्लाले खेललाई बराबरीमा ल्यायो। उसका टिलेमन्सले ६०औं मिनेटमा गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए। त्यसपछि ६८औं मिनेटमा वाट्किन्सले गोल गर्दै खेललाई २–२को बराबरीमा ल्याए।

बराबरीमा पछि आर्सनल २२ खेलमा ४४ अंकसहित दोस्रो स्थानमा छ। भिल्ला भने ३६ अंकसहित सातौं स्थानमा छ।

यस्तै, अर्को खेलमा क्रिस्टल प्यालेसले १० खेलाडीमा समेटिएको वेस्टहमलाई २–०ले हरायो

आर्सनललाई एस्टन भिल्लाले २(२ को बराबरीमा रोकेको हो ।

खेलमा दुई गोलको अग्रता लिएको भएपनि आर्सनलले जोगाउन सकेन । ३५औं मिनेटमा गाब्रियल मार्टिनेली तथा ५५औं मिनेटमा काइ हाभेर्ट्जले गोल गरेपछि आर्सनल २(० ले अघि बढेको थियो ।

तर ६०औं मिनेटमा युरी टिलेमान्स र ६८औं मिनेटमा ओली वाट्किन्सले गोल गर्दै खेल बराबरीम ल्याएका थिए । बराबरीपछि आर्सनल २२ खेलबाट ४४ अंकमा छ भने भिल्लाको २२ खेलबाट ३६ अंक छ ।