नयाँ वर्षमा आर्सनलको विजयी सुरुआत, दोस्रो स्थानमा उक्लियो

2 Jan, 2025
Share:
117 Shares

सन् २०२५को पहिलो प्रियिमर लिग खेलमा आर्सनल विजयी भएको छ। नयाँ वर्षको पहिलो दिन नै भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डमाथि ३–१को पुरागमन जित निकाल्यो।

खेलमा अर्सानलका लागि ग्याब्रिअल जेसुस, मिकेल मेरिनो र ग्याब्रिअल मार्टिनेलीले गोल गरेका थिए भने ब्रेन्टफोर्डका ब्रायन बेउमोले गोल गरेका थिए।

खेलमा अग्रता ब्रेन्टफोर्डले लियो। १३औं मिनेटमा उसका बेउमोले गोल गरेका थिए। २९औं मिनेटमा जेसुसले गोल गर्दै खेलालाई १–१को बराबरीमा ल्याए।

पहिलो १–१कै बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा ३ विकेटमा २ गोल गर्दै आर्सनलले खेल आफ्नो पक्षमा बनाएको थियो। उसका लागि ५०औं मिनेटमा मेरिनो र ५३औं मिनेटमा मार्टिनेलीले गोल गरेका थिए।

यो जितसँगै आर्सनलले प्रियिमर लिगको दोस्रो स्थानमा उक्लिएको छ। उसको १९ खेलमा ३९ अंक भएको छ। १ खेल कम खेलेको लिभरपुल ४५ अंकसहित शीर्ष स्थानमा छ।