बी डिभिजन लिग माघ १३ बाट, लिगअघि नै एन्फाले क्लबको बक्यौता रकम दिने

22 Nov, 2024
Share:
117 Shares

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ।

एन्फाले माघ १३ गतेदेखि बी डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो।

एन्फाले बी डिभिजन लिगमा सहभागी क्लबहरूलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरूको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत गर्ने जनाएको छ।

एन्फाले शहिद स्मारक बी डिभिजनका केही खेल दशरथ रंगशालामा र बाँकी खेलहरू एन्फा कम्प्लेक्समा सञ्चालन गर्ने जनाएको छ।

एन्फाले मङ्सिर २१ गतेसम्म क्लब दर्ता गर्ने, मंसिर २३ र २४ गते फिफा कनेक्ट वर्कसप गर्ने, मंसिर २५ र २६ गते क्लब लासेन्सिङ वर्कसप गर्ने, पुस १३ गते खेल तालिका प्रकाशन गर्ने र माघ १३ गतेदेखि प्रतियोगिता सञ्चालन गर्ने जनाएको छ।