पुनरागमन जितसहित बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा

पुनरागमन जित निकाल्दै बार्सिलोना स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा ग्रानाडाविरुद्ध २–०ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोना ५–३को जितसहित सेमिफाइनलमा पुगेको हो ।

बार्सिलोनाको जितमा एन्टोइन ग्रिजम्यान र जोर्डी अल्बाले समान २ गोल गर्दा फ्र्यांकी डि योङको अर्को गोल गरे । ग्रानडाका केनेडी, रोबेर्टो सोल्डाडो र फेडे भिकोले समान १–१ गोल गरेका थिए।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा ढकेलिएको थियो । अतिरिक्त समयमा बार्सिलोनाले ३ र ग्रानडाले १ गोल गरेको थियो । खेलको ३३औं मिनेटमा केनेडीले गोल गर्दै ग्रानाडालाई सुरुवाती अग्रता दिलाए। ४७ औं मिनेटमा रोबेर्टो सोल्डाले गोल गर्दै बार्सिलोनाविरुद्ध ग्रानाडालाई २–० को अग्रता दिलाए ।

८८ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई २–१ को अवस्थामा ल्याए । इन्जुरी समयमा अल्बाले गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याए। निर्धारित समयसम्म २–२ गोलको बराबरीमा खेल सकिएपछि ३० मिनेटको समय थप गरिएको थियो।

१००औं मिनेटमा ग्रिजम्यानले नै गोल गर्दै बार्सिलोनालाई ३–२ को अग्रता दिलाए। तर खेलको १०३ औं मिनेटमा फेडे भिकोले पेनाल्टीबाट गोल गर्दै ग्रानाडालाई ३–३ गोलको बराबरीमा ल्याए। त्यसपछि खेलको १०८ औं मिनेटमा डि जोङ र ११३ औं मिनेटमा अल्बाले गोल गर्दै बार्सिलोनालाई ५–३ को जित दिलाए।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.