हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार बागमती गोल्डकपको सेमिमा

18 Feb, 2025
Share:
117 Shares

थ्री स्टार क्लब बागमती गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मकवानपुरको सहिद स्मृति रंगशालामा मंगलबार भएको खलमा हिमालयन शेर्पा क्लबलाई ४–० को फराकिलो अन्तरले हराउँदै थ्री स्टार सेमिफाइनलमा पुगेको हो।

थ्री स्टारको जितमा सुशील राई, फोडे फोफाना, नवीन लामा र एलेक्सले गोल गरेका थिए। चारै गोल पहिलो हाफमा सम्भव भएको थियो।

खेलको तेस्रो मिनेटमै सुशीलको गोलमा थ्री स्टारले अग्रता लियो। त्यसपछि नवीन लामाले १७औं मिनेटमा टिमको अग्रता दोब्बर बनाए।

त्यसपछि नविनकै पासलमा फोफनाले २४औं मिनेटमा टिमका लागि तेस्रो गोल गरे। ३९औंमा मिनेटमा एलेक्सले टिमको लागि चौथो गोल गरे। उनलाई पनि नवीनले नै पास उपलब्ध गराएका थिए।

फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।