सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

बागमती गोल्डकप आजदेखि, ९ टिम प्रतिस्पर्धामा

SabaiKhel default image

मकवानपुरको बागमती गाँउपालिका शनिबारबाट सातौँ बागमती गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।
मकवानपुरको बागमती गाउँपालिका झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा मोफसलका दुई टिम बागमती युथ क्लब सर्लाही र बागमती गाउँपालिका खेलकुद विकास समिति भिड्ने छन्।

प्रतियोगितामा यी दुईसहित कुल ९ टिमको सहभागीता रहनेछ। जसमा ६ ए डिभिजन क्लब पनि छन्।

प्रतियोगितामा मछिन्द्र क्लब, संकटा क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, एफिएफ क्लब र चर्च बोइज युनाइटेडको सहभागीता रहनेछ।

प्रतियोगिताको विजेताले १० लाखसहित ट्रफी पाउँदा उपविजेताले ५ लाखसहित ट्रफी प्राप्त गर्नेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख १ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ पाउने छन्।

आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्नको लागि ७३ लाख रुपैयाँ खर्च हुने अनुमान छ। जसमध्ये गाउँपालिकाले ३० लाख रुपैयाँ दिनेछ भने बाँकी रकम आयोजक समितिले व्यवस्थापन गर्नेछ।

सेयर गर्नुहोस्

1.2KShares