सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

रियल मड्रिडले किन बहिस्कार गर्‍यो बालोन डे’ओर समारोह?

सन् २०२४को बालोन डे’ओर समारोह पेरिसमा सोमबार राति सम्मपन्न भयो। जसमा पुरुष र महिला दुवै तर्फ स्पेनिस खेलाडीद्वया रोड्री र एटना बोनमतीले बालोन डे’ओर जिते।

पेरिसमा भएको समारोह रोड्रीले बालोन डे’ओर जितेकोले भन्दा स्पेनिस क्लब रियल मड्रिडले बाहिस्कार गरेकोले चर्चाका रह्यो।

समारोह रियलका प्रशिक्षक कार्लो एन्सेलोटी उत्कृष्ट प्रशिक्षब बने भने रियल विश्वकै उत्कृष्ट क्लब घोषित भयो। तर, अवार्ड दुवै कोही पनि गएनन्। त्यहाँ रियलको कोही पनि थिएनन्। किनभने रियल समारोह बाहिष्कार गरेको थियो।

आखिर रियलले किन बहिस्कार ग¥यो त समारोह? धेरैको मन यो प्रश्न उब्जिएको छ। कतिले रियलको निर्णयको समर्थन गरेका छन् भने कति विरोध।

पेरिसमा समारोह सुरु हुनु ३ घण्टा अघि नै रियलले समारोह बाहिष्कार गर्दै आफ्नो कोही पनि सहभागी नहुने जनाएको थियो। त्यसको कारण थियो, भिनिसियस जुनियरले बालोन डे’ओर नपाउने निश्चिन हुनु्।

अघिल्लो सिजन रियललाई च्याम्पियन्स लिग, ला लिगासहित उपाधि दिलाउन भिनिसियसले भूमिका महत्वपूर्ण थियो । र, उनी बालोन डेओरको सबैभन्दा बलिया दाबेदार थिए। उनले बालोन डे’ओर जित्ने निश्चत जस्तै थियो।

यो अवार्डको दाबेदारीमा रियलकै अर्का खेलाडी ड्यानी कार्भाजल पनि थिए। उनले भिनिसियस भन्दा बढी स्पेनलका लागि युरोपक उपाधि जितेका थिए। सबै उपाधिमा उनको भूमिका पनि महत्वपूर्ण थियो।

तर, दुवै खेलाडीले बालोन डे’ओर नजित्ने भएपछि विरोध स्वरुप रियलले समारोह बहिस्कार गरेको हो। सो समारोहमा रियलका ५० प्रतिनिधि सभाहागी हुने तयारीमा थिए।

1.3Kशेयर