भ्यालेन्सियाविरुद्ध फरान टोरेसको ह्याट्रिक, बार्सिलोना ‘कोपा डेल रे’को सेमिफाइनलमा

7 Feb, 2025
Share:
117 Shares

भ्यालेन्सियालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ।

बिहीवार भएको क्वाटरफाइनलमा शानदार जित निकाल्दै बार्सा अन्तिम चारमा पुग्न सफल भएको हो।

बार्सिलोनाको जितमा फरान टोरेसले ह्याट्रिक गरे भने फर्मिन लोपेज र लमिन यमालले समान १ गोल गरे।

टोरेसले खेलको सुरुवाती ३० मिनेट भित्रै ह्याट्रिक पूरा गरेका थिए। उनलेले तेस्रो, १७औं र ३०औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

यस्तै, लोपेजले खेलको २३औं मिनेटमा गोल गरेपछि बार्साले पहिलो हाफमै ४–० को अग्रता बनाएको हो। यामलले ५९औं मिनेटमा गोल गरेका थिए।

अर्को क्वाटरफाइनलमा रियल सोसिडाड विजयी भएको छ। सोसिडाडले ओसासुनालाई २–० ले पराजित गर्दै सोसिडाडले अन्तिम चारको यात्रा तय गर्यो।

रियल म्याड्रिड र एट्लेटिको म्याड्रिड यसअघि नै सेमिफाइनल पुगिसकेका छन्।