ला लिगामा बार्सिलोनाले सानदार जित निकालेको छ। शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई ५–०ले हरायो।
बार्सिलोनाका लागि रोबर्ड लेवान्डोस्की, जोआ फेलिक्स, जोआ क्यान्सेलो, राफिन्हा र फेरान टोरेसले गोल गरे। बार्सिलोनाले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल गरेको थियो ।
खेलको २५औं मिनेटमा जाआओ फेलिक्सले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने ३२औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसपछि फेरान टोरेसले ६२औं, राफिन्हाले ६६ औं र जाआओ कान्सेलोले ८१औं मिनेटमा गोल गरे। क्यान्सेलो र फेलिक्सको बार्सिलोनाका लागि पहिलो गोल हो।
ला लिगाकै अन्य खेलमा भ्यालेन्सियाले एट्लेटिको मड्रिडलाई ३–० ले पराजित गर्दा, एथ्लेटिको बिल्बाओले पनि क्याडिजलाई ३–० ले नै हरायो।
जितपछि ५ खेलबाट १३ अंक जोडेको बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लिएको छ। रियलको ४ खेलबाट १२ अंक छ र बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ ।