अग्रता जोगाउन नसक्दा रोकियो बार्सिलोना

24 Nov, 2024

सुरुआतमै लिएको २ गोलको अग्रता जोगाउन नसुक्दा ला लिगको शीर्ष स्थानको टिम बार्सिलोना बराबरीमा रोकिएको छ। शनिबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा बार्सिलोना सेल्टा भिगोसँग २–२को बराबरीमा रोकिएको हो।

सेल्टाको मैदानमा भएको खेलमा कप्तान राफिन्हाले १५औं मिनेटमै गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। ६१औ मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे।

तर अन्तिम दश मिनेटको खेलले नाटकिय मोड लियो। मार्क कासाडो ८२औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो।

त्यसको फाइदा सेल्टाले उठायो सेल्टाका लागि वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अल्फोनस् गोन्जालेजले ८४औं मिनेटमा गोल गर्दै खेलमा फर्काए । त्यसपछि ह्युगो अल्भारेजले ८६औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे।

यस सिजनको दोस्रो बराबरी खेलेको बार्सिलोना १४ खेलबाट ३४ अंक जोडेर शीर्ष स्थानमै कायम छ। दोस्रो स्थानको एट्लेटिको मड्रिडको समान खेलबाट २९ अंक छ।

१२ खेल मात्र खेलेको रियल मड्रिड २७ अंकसहित तेस्रो स्थानमा छ। सेल्टा भिगो १४ खेलबाट १८ अंकसहित ११औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]