नाटकीय एल क्लासिकोमा बार्सिलोनाका सानदार जित, बन्यो स्पेसिन सुपर कप च्याम्पियन

13 Jan, 2025
Share:
117 Shares

एल क्लासिको फाइनलमा सानदार जित निकाल्दै बार्सिलोना स्पेसिन सुपर कपको च्याम्पियन बनेको छ। साउदी अरेबियास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा आइबार राति भएको नाटकीय एल क्लासिकोमा रियलमाठि ५–२को सानदार जित निकाल्दै बार्सिालोना च्याम्पियन बनेको हो।

खेलमा बार्सिलोलाई सनदार जित दिलाउन राफिन्हाले २ गोल गरे भने रोबर्ट लेवान्डोस्की, लमिन यमाल र अलेजान्द्रो बाल्डेले गोल गरे। रियलका किलियन एम्बाप्पे र रोड्रिगोले गोल गरेका थिए।

खेलमा सुरुआती अग्रता रियलले लियो। पाँचौं मिनेटमा भिनिसियस जुनियरको पासमा एम्बाप्पेले काउन्टरमा गोल गरेका थिए। तर, रियलको अग्रता धेरै समय टिकेन। यमाले १२औं मिनेटमा बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए।

पहिलो गोल गरेपछि भने बार्सिलोना खेलमा पूर्णरुपमा हावी भयो। त्यसपछि उसले २० मिनेटमा ३ गोल गर्दै पहिलो हाफमै रियलमाथि ४–१को अग्रता बनायो। उसका लागि ३६औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरेका थिए। कामाविंगाले गावीलाई फाउल गरेपछि बार्सिलोना पेनाल्टी पाएको थियो।

त्यसपछि राफिन्हाले जुल्स कुन्डेको पासमा ३९औं मिनेटमा हेडिङमा गोल गर्दै खेललाई ३–१को अवस्थामा ल्याए। त्यसपछि इन्जुरी समयको १०औं मिनेटमा राफिन्हाकै पासमा बाल्डेले काउन्टरमा गोल गरेपछि पहिलो हाफमा बार्सिलोनाले ४–१को अग्रता लियो।

दोस्रो हाफको सुरुआतमै बार्सिलोनाले गोल गर्दै उपाधि आफ्नो नाममा पक्का जस्तै गरेको थियो। उसका राफिन्हाले ४८औं मिनेटमा गोल गरेका थिए। ५६औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। उसका गोलकिपर वोज्सिएक सेज्नीले डिबक्स बाहिर एम्बाप्पेमाथि फाउल गरेपछि उनले सिधै रातो कार्ड पाएका थिए।

त्यही फ्रिकिकमा रोड्रिगोले गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरे। त्यसपछि पछि रियलले खेलमा पूर्ण रुपमा नियन्त्रण बनाए पनि गोल भने गर्न सकेन।

योसँगै बार्सिलोनाले १५औं पटक सुपर कपको उपाधि जित्यो। यता, प्रशिक्षक हान्सी फ्लिकको बार्सिलोनामा यो पहिलो उपाधि हो। उनी यसैसिजन बार्सिलोना आएका हुन्।