ला लिगामा बार्सिलोनाको शानदार जित

23 Feb, 2025

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। श्निबार राति भएको खेलमा बार्सिलोनाले लास पल्मासमाथि २–० को सहज जित निकाल्यो।

खेलमा बार्सिलोनलाई जित दिलाउन ड्यानी ओल्मो र फेरान टोरेसले गोल गरेका थिए।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। ६२औँ मिनेटमा अल्मोको गोलमा बार्सिलोनाले सुरुआती अग्रता लियो। त्यसपछि इन्जुरी समयको पाँचौँ मिनेटमा टोरेसले गोल गरेपछि बार्सिलोना २–०ले विजयी भयो।

शनिबार भएको अर्को खेलमा जुलियन अल्भारेजको दुई गोलमा एट्लेटिको म्याड्रिडले भ्यालेन्सियालाई ३–० ले हराएको छ भने भिल्लारियलले रायो भन्कानोलाई १–० ले हरायो। गएराति नै भएको अर्को खेलमा इस्पानियोलले डेपोर्टिभो अल्भासमाथि १–० को जित निकालेको छ।

स्पेनिस लिगको तालिकामा बार्सिलोना ५४ अंकसहित शीर्ष स्थानमा छ । यसैगरी एट्लेटिको म्याड्रिडको ५३ अङ्क छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]