डेम्बेलेलाई जाभीले दिए दुई विकल्प, के गर्लान् डेम्बेलेले ?

Read Time:1 Minute

बार्सिलोना प्रशिक्षक जाभीले फ्रेन्च स्ट्राइकर उस्मान डेम्बेलेलाई दुई विकल्प दिएका छन् । जाभीले डेम्बेलेलाई सम्झैता नवीकरण वा क्लब छाड्ने दुई विकल्प मध्ये एक रोज्न आग्रह गरेका छन् ।

बार्सिलोनामा डेम्बेलेको सम्झौता सिजनको अन्त्यसँगै सकिँदैछ । स्ट्राइकरको अभाव खेपिरहेको बार्सिलोनाले डेम्बेलेको सम्झौता नवीकरणका लागि प्रयास गरिरहेको छ। तर, यस विषयमा डेम्बेलेले कुनै प्रतिक्रिया दिएका छैनन्।

प्रशिक्षक जाभीले लामो समय पर्खन नसक्ने भन्दै डेम्बेलेलाई आफूले दिएका दुई विकल्पमध्ये एक तत्काल रोज्न आग्रह गरेका छन्।

जाभीका अनुसार डेम्बेलेले उनीसँग बार्सिलोनामै बस्न इच्छुक रहेको बताएका छन् । तर सम्झौता पनि नवीकरण भएको छैन । बार्सिलोना जनवरीको ट्रान्सफर विण्डो अगाडि नै यो निर्णय होस् भन्ने चाहन्छ ।

डेम्बेले बोरुसिया डर्टमुण्डबाट २०१७ मा बार्सिलोना आएका थिए । तर २४ वर्षका उनी बार्सिलोनामा धेरै समय चोटग्रस्त रहे ।अहिले उनलाई अनुबन्ध गर्न प्रिमियर लिग क्लबहरु म्यानचेष्टर युनाइटेड, न्यूक्यासलसँगै लिभरपुल इच्छुक देखिएको छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post आयोजकलाई हराउँदै एपिएफ आहा–रारा गोल्डकपको क्वार्टरफाइनलमा
Next post हाजार्ड र इस्कोको गोलमा रियल कोपा डेल रेको अन्तिम आठमा
Close