यमाल चम्किक्दा बार्सिलोनाको सहज जित, एट्लेटिकोले जितमा अल्भारेजको गोल

16 Sep, 2024
Share:
117 Shares

स्पेनिस ला लिगामा बार्सिलोना विजयी भएको छ। आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरुनामाथि ४–१ को सहज जित निकाल्यो।

योसँगै बार्सिलोनाले अघिल्लो सिजन प्राप्त हारको बदला पनि लियो। अहिले सिजन लिगमा बार्सिलोना दुवै लेगमा समान ४–२ले पराजित भएको थियो।

बार्सिलोनालाई जित दिलाउन लमिन यमालले दुई गोल गरे भने पेड्री र ड्यानी ओल्मोले पनि गोल गरे। घरेलु टिमका क्रिस्टियन स्टुआनीले एक गोल फर्काए ।

३०औं मिनेटमा यमालको गोलमा बार्सिलोनाले अग्रता लियो। ३७औं मिनेटमा यमालले नै बार्सिलोनाको अग्रता दोब्बर बनाए। पहिलो २–०मै सकयो।

दोस्रो हाफको सुरुआतमै बार्सिलोनाले गोल थप्यो। उसका ओल्मोले ४७औं मिनेटमा गोल गरेका थिए। ६४औं मिनेटमा पेड्रीले बार्सिलोना ४–० को सहज अवस्थामा पुग्यो।

८०औं मिनेटमा स्टुआनीले गोल गर्दै अग्रता कम गर्दै प्रयास गरे। ८६औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। फेरान टोरेसले रातो कार्ड पाएका थिए।

लिगकै अर्को खेलमा एट्लिटको मड्रिड विजयी भएको छ। अर्जेन्टिनी फरवार्ड जुलियन आल्भारेजले डेब्यु गोल मद्दतमा एट्लेटिकोले भ्यालेन्सियालाई ३–० ले हरायो। उसका लागिआल्भारेजसँगै कोनोर गाल्घर र एन्टोइन ग्रिजमनले गोल गरे।

३९औं मिनेटमा गाल्घरको गोलमा एट्लेटिकोले अग्रता लियो। ५४औं मिनेटमा ग्रिजमनले टिमको अग्रता दोब्बर बनाए। इन्जुरी समयमा आल्भारेजले गोल गरेपछि एट्लेटिकोले ३–० जित निकाल्यो। गाल्घर र अल्भारेज दुवैको एट्लेटिकोमा डेब्यू गोल हो।

बार्सिलोनाले पाँच खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ भने जिरोना ७ अंकसहित सातौं स्थानमै छ। यता, एट्लेटिको ११ अंकसहित दोस्रो स्थानमा उक्लँदा भ्यालेन्सिया १ अंकसहित पुछारमा छ।