ला लिगामा बार्सिलोनालाई ८ अंकको अग्रता

Read Time:1 Minute

स्पेनिस ला लिगामा बार्सिलोनाले ८ अंक स्पष्ट अग्रता बनाएको छ। आइतबार राति भएको खेलमा काडिजमाथि २-०को जित निकाल्दै बार्सिलोनाले शीर्ष स्थानमा अंकको अग्रता बनाएको हो।

बार्सिलोनाको जितमा सर्जियो रोबर्टो र रोबर्ट लेवान्डोस्कीले एक गोल गरे। ४३ औं मिनेटमा रोबर्टोले गोलमा बार्सिलोनालाई सुरुआती अग्रता लियो।

त्यसपछि पहिलो हाफको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २-०को अग्रता लियो। त्यसपछि गोल नहुँदा बार्सिलोना विजयी भयो।

शीर्ष स्थानमा रहेको बार्सिलोनाको २२ खेलमा ५९ अंक छ। काडिज २२ अंक जोडेर १७ औं स्थानमा छ ।

Happy
Happy
80 %
Sad
Sad
0 %
Excited
Excited
20 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रकाश बुढाथोकीले नवीकरण गरे फ्रेन्ड्ससँगको सम्झौता
Next post रास्फोर्ड चम्किँदा युनाइटेडको जित
Close