लेवान्डोस्कीको गोल, ला लिगामा बार्सिलोनोको विजयी यात्रा कायमै

26 Sep, 2024

ला लिगामा बार्सिलोनाले आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएको छ। हान्सी फ्लिक्को प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोनाले यो सिजन ला लिगामा शतप्रतिशत नतिजा निलकोको छ।

बुधबार राति भएको खेलमा रोवर्ट लेवान्डोस्कीको निर्णायक गोल मद्दतमा गएराति गेटाफेलाई १–० हराउँदै बार्सिलोनाले आफ्नो जितको यात्रालाई सातौं खेलसम्म निरन्तरता दियो ।

क्याम्प नेउमा भएको खेलमा लेवान्डोस्कीले १९ मिनेटमा गोल गरेका थिए। त्यसपछि थप गोल नहुँदा बार्सिलोना विजयी भयो।

यो जितपछि बार्सिलोनाले ७ खेलबाट २१ अंक जोडेको छ, र उनले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। दोस्रो स्थानको रियल मड्रिडको ७ खेलमा १७ अंक छ। गेटाफे भने ४ अंकसहित १९औं स्थानमा छ।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]