एट्लेटिकोलाई हराउँदै बार्सिलोना कोपा डेल रेको फाइनलमा, उपाधिका लागि रियलसँग भीड्ने

3 Apr, 2025

बार्सिलोना कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति वान्डा मेन्ट्रोपोलिटान सिटीमा भएको खेलमा घरेलु टोली एट्लेटिको मड्रिडलाई १–०ले हराउँदै बार्सिलोना कोपा डेल रेको फाइलनमा पुगेको हो।

समग्रमा बार्सिलोनाले ५–४को जित निकाल्यो। यी दुईबीचको ४–४को बराबरीमा सकिएको थियो।

यो सँगै कोपा डेल रे फाइनल एल क्लासिको हुने भएको छ। रियल मड्रिड रियल सोसिडाडमाथि समग्रमा ५–४कै जितसहित यसअघि नै फाइनल पुगिसकेको थियो।

बार्सिलोनालाई जित दिलाउन फरान टोरेसले निर्णायक गोल गरे। उनले खेलको २७औं मिनेटमा गोल गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]