एट्लेटिकोलाई हराउँदै बार्सिलोना चौथो स्थानमा उक्लियो

Read Time:2 Minute

बार्सिलोना स्पेनिस ला लिगामा पहिलो पटक शीर्ष चारमा फर्किएको छ । आइतबार राति भएको खेलमा एट्लेटिको मड्रिडमाथि ४-२को सानदार जित निकाल्दै बार्सिलोना शीर्ष चारमा उक्लिएको हो।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ड्यानी अल्भेस, जोर्डी अल्बा, गाभी र रोनाल्ड अरुजोले गोल गरेका थिए भने एट्लेटिकोका लुइस सुआरेज र यानिक करास्कोले गोल गरेका थिए।

खेलको आठौं मिनेटमा यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई १-० को अग्रता दिलाएका थिए । १०औं मिनेटमा जोर्डी अल्बाले डानी अल्भ्जको पासमा उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

२१औं मिनेटमा गाभीले गोल गरेपछि बार्सिलोना २-१ को अग्रता बनायो । ४३औं मिनेटमा रोनाल्डो अरुजोले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३-१ को अग्रता बनायो ।

४९औं मिनेटमा डानी अल्भ्सले गोल गर्दै बार्सिलोनालाई ४-१ को अग्रता दिलाए । ५८औं मिनेटमा बार्सिलोनाका पूर्वखेलाडी लुइस सुआरेजले एट्लेटिकोका लागि दोस्रो गोल गरे ।

खेलको ६९औं मिनेटमा अल्भ्सले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

यस जितपछि बार्सिलोना २२ खेलमा ३८ अंक जोड्दै एट्लेटिकोलाई पछि पार्दै चौथो स्थानमा उक्लेको छ । एट्लेटिको ३६ अंकसहित पाँचौं स्थानमा छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कोरियालाई हराउँदै चीनले जित्यो एसिया कप उपाधि
Next post इजिप्टलाई हराउँदै सेनेगलले जित्यो अफ्रिका कप अफ नेसन्स उपाधि
Close