मालोर्कालाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा

बार्सिलोनाले ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ। आइतबार राति भएको खेलमा रियल मालोर्कामाथि २–१ जित निकाल्दै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा उक्लिएको हो ।

यो जितसँगै बार्सिलोनाले घरेलु मैदानमा लगातार तीन हारेको यात्रा पनि अन्त्य गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जिताउन मेम्फिस डीपाएले २५औं र सर्जियो बुस्केट्सले ५४औं गोल गरे । मालोर्काका एन्टोनियो जोसेले ७९औं मिनेटमा एक गोल फर्काए ।

बार्सिलोनाका रोनाल्ड बराउको र फेरान टोरेसले खेलमा गोल गरेपछि अफसाइडका कारण भिएआरले मान्यता दिएन ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post इपिएल : आर्सनलको संघर्षपूर्ण जित, एभर्टनले चेल्सीलाई हरायो
Next post हाइस्कोरिङ म्याचमा चेन्नईको १३ रनको जित
Close