हारबाट जोगियो बार्सिलोना

26 Nov, 2023

स्पनिस ला लिगामा बार्सिलनाले बराबरी खेलेको छ। शनिबार राति भएको खेलमा अन्तिम समयमा आत्मघाती गोल भएपछि बार्सिलोना हारबाट जोटियो। उसले रायो भालेकानोसँग १–१ को बराबरी खल्यो।

खेलको ३९औं मिनेटमा उनाई लोपेजले गोल गर्दै घरेलु टोली रायोलाई अग्रता दिलाएका थिए। धेरै समय त्यो अग्रता कायम रहेपनि अन्तिम दश मिनेटमा रायोले बचाउन सकेन।

८२औं मिनेटमा रायो कै फ्लोरियन लेजेउनेले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेल बराबरी गर्न सफल भएको हो। बराबरीपछि १४ खेलबाट ३१ अंकसहित बार्सिलोना चौथो स्थानमा छ।

१३ खेलबाट बार्सा समान अंक रहेको एट्लेटिको मड्रिड तेस्रोमा छ। एट्लेटिकोले एन्टोनी ग्रीजमनको दोस्रो हाफ गोलमा मालोर्कालाई १(० ले पराजित गरेको थियो ।