युरोकपको पहिलो खेलमा स्तब्ध बन्यो बेल्जियम

18 Jun, 2024
Share:
117 Shares

उपाधि दाबेदार मानिएको बेल्जियम युरोपकपको पहिलो खेलमै पराजित भएको छ। सोमबार राति भएको खेलमा बेल्जियम अप्रत्यासित रुपमा स्लोभाकियासँग १–०ले पराजित भयो।

फ्रांकफर्ट भएको खेलमा स्लोभाकियालाई जित दिलाउने क्रममा इभान स्रान्जले निर्णायक गोल गरे। उनले सातौं मिनेटमै स्लोभाकियालाई अग्रता दिलाएका थिए।

१ गोलले पछि परेको बेल्जियमले गोल फार्काउने प्रयास गरेको थियो। उसका रोमेलु लुकाकुले दोस्रो हाफमा २ गोल गरेका थिए, तर दुवै गोल भारमाफृत रद्द भएको थियो।

खेलमा दबाब पनि बेल्जियमले बनाएको थियो। उसले ६१ प्रतिशत बल पोजेसन बनाउँदै १६ सट प्रहार गरेकोमा ५ सट फ्रेममा थियो। यता, स्लोभाकियाको १० मध्ये ४ सट फ्रेममा थियो।