छैटौं विराट गोल्डकप चैत पहिलो साता

Read Time:2 Minute

विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौं संस्करण चैत ६ देखि शहिद रंगशालामा हुने भएको छ । त्यसका लागि विराट गोल्डकप ट्रस्टले सोमबार विराटनगर महानगर प्रमुख नागेश कोइरालालाई प्रतियोगिताको संयोजक तोकेको छ।

महेन्द्र गोल्डकपका नाममा २०१८ सालदेखि सञ्चालन हुँदै आएको यो प्रतियोगिता २०६२र६३ को राजनीतिक परिवर्तनपछि २०६७ देखि विराट गोल्डकपको नाममा सञ्चालन हुँदै आएको छ । ट्रस्टका अध्यक्ष सन्तोष बानियाँका अनुसार महेन्द्र गोल्डकपका नाममा ३८औं पटक र विराट गोल्डकपका नाममा छैटौं पटक आयोजना हुन लागेको हो ।

प्रतियोगिताका सबै म्याच फ्लडलाइटमा रात्रिकालीन खेलाइने छ । त्यसका लागि शहिद मैदानमा प्रदेश सरकारको करिब ५ करोडको लागतमा शहिद मैदानमा स्थायी फ्लडलाइटको व्यवस्था गरिएको छ ।

कोरोना कहरका कारण लगातार दुईवर्ष आयोजना हुन नसकेको यो प्रतियोगिताको छैटौं सस्करण विजेताले २० लाख ५१ हजार र उपविजेताले १० लाख ५१ हजार पुरस्कार पाउने प्रतियोगिताका संयोजक कोइरालाले सञ्चारकर्मीलाई बताए । पाँचौँ सस्करण विजेता एपीएफले १५ लाख र उपविजेता पञ्जाब पुलिस क्लब भारतले ७ लाख ५० हजार पुरस्कार पाएको थिए।

प्रतियोगितामा स्वदेशी ६ र विदेश २ टिमको सहभागिता रहने बताइए पनि सहभागी टिमको नामावली र अनुमानित खर्च सार्वजनिक गरिएको छैन । संयोजक कोइरालाले सहभागी टिमको नामावली र अनुमानित खर्च पछि सार्वजनीक गर्ने बताए।

प्रतियोगिताको पाँचौँ सस्करणमा सञ्चालन खर्च १ करोड ५४ लाख खर्च भएको तत्कालीन संयोजक मनोजविक्रम राणाले बताए । पाँचौँ संस्करणमा विराटनगर महानगरले २० लाख र प्रदेश सरकारले १५ लाख प्रतियोगितामा आर्थिक सहयोग गरेका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
100 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नसिम चम्किँदा न्युजिल्यान्डमाथि पाकिस्तानको जित
Next post जनकपुरमाथि सानदार जितसहित विराटनगर फाइनलमा
Close