सामग्रीमा जानुहोस्
बिहिबार, असोज २९, २०८३

एनआरटीलाई हाउँदै चर्च बोइज विराट गोल्डकपको सेमिफाइनलमा

SabaiKhel default image

चर्च बोइज युनाइटेड विराट गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ।

शनिबार विराटनगरस्थित सहिद रंगशालामा भएको न्युरोड टिम (एनआरटी)लाई २–० ले हराउँदै चर्च बोइज सेमिफाइनलमा पुगेको हो।

चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। दुवै हाफमा समान १ गोल भएको थियो।

३५औं मिनेटमा रिचर्डको‌ गोलमा चर्च बोइजले अग्रता लियो। उनले लाक्पा पाख्रिनको पासमा गोल गरेका थिए। ६४औं मिनेटमा आकाशले गोल गर्दै टिमलाई जित दिलाए।

योसँगै विराटन गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। अब सेमिफाइनलमा चर्च बोइजले नेपाल पुलिस क्लब खेल्ने छ भने अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र थ्री स्टार क्लब भीड्ने छन्।

सेयर गर्नुहोस्

1.5KShares