भिनिसियसको निर्णायक गोलमा ब्राजिल विजयी, दोस्रो स्थानमा उक्लियो

21 Mar, 2025
Share:
117 Shares

भिनियसियस जुनियरको निर्णायक गोल मद्दतमा विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिल विजयी भएको छ। शुक्रबार बिहान भएको खेलमा भिनिसियसको इन्जुरी समयको गोल मद्दतमा ब्राजिलले कोलिम्बियामाथि २–१को जित निकाल्यो।

खेलमा ब्राजिलका लागि भिनिसियससँगै राफिन्हाले गोल गरे भने कोलम्बियाका लुइस डियाजले गोल गरेका थिए।

घरेलु मैदानमा भएको खेलमा छैठौं मिनेटमा ब्राजिलले सुरुआती अग्रता लियो। भिनिसियस जुनियरलाई लडाएपछि प्राप्त पेनाल्टीमा राफिन्हाले गोल गरेका थिए। ४१औं मिनेटमा डियाजले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

त्यसपछि खेल बराबरीतर्फ उन्मूख भएको खेलमा इन्दुरी समयको नवौं मिनेटमा भिनिसियसले डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै ब्राजिललाई जित दिलाए। उनलाई राफिन्हाले नै पास उपब्ध गराएका थिए।

यो जितसँगै ब्राजिल विश्वकपको दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा उक्लिएको छ। १३ खेलमा ब्राजिलको २१ अंक छ। एक खेल कम खेलेको अर्जेन्टिनाको २५ अंक छ। २० अंकसहित उरुग्वे तेस्रो स्थानमा छ। कोलम्बिया भने १९ अंकसहित छैठौं स्थानमा छ।

यता, अर्को खेलमा पाराग्वेले चिलीलाई १–०ले हराउँदा पेरुले बोलिभियामाथि ३–१को जित निकाल्यो।