अन्तर्राष्ट्रिय फुटबलफुटबल

विश्वकप छनोटमा ब्राजिलको लागतार दोस्रो जित

विश्वकपको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले लागतार दोस्रो जित निकालेको छ। बुधबार बिहान भएको खेलमा मार्किन्होसको निर्णायक गोल मद्दतमा ब्राजिलले पेरुमाथि १–०को जित निकाल्यो।

पेरुमाथि निरन्तर दबाब बनाए पनि ब्राजिलले ९० मिनेटसम्म प्रतिपक्षा गर्नुपरेको थियो। बराबरीतर्फ उन्मूख खेलमा मार्किन्होसले ९०औं मिनेटमा गोल गरेका थिए। उनले नेमारको कर्नरमा हेडिङमार्फत गोल गरेका थिए।

खेलमा ब्राजिलले ६२ प्रतिशत बल पोजेसन बनाउँदै ९ सट प्रहार गर्दा ३ सट फ्रेममा थियो। यता, पेरुले ६ सट प्रहार गरेकोमा कुनै पनि सट फ्रेममा थिएन।

लागतार दोस्रो जितसँगै ब्राजिल दक्षिण अमेरिकी छनोटको शीर्ष स्थानमा छ। यसअघि ब्राजिलले बोलिभियामाथि ५–१को जित निकाकाले थियो।