ब्राजिल भर्सेस कोलम्बियाः कसले मार्ला बाजी?

कोपा अमेरिकामा ब्राजिल र कोलम्बिया आमनेसामने हुँदैछन्। उत्कृष्ट फर्ममा रहेको ब्राजिल आफ्नो विजयी यात्रा कायम राख्ने दाउमा छ। खेल बिहीबार बिहान ५:४५ बजे हुने छ।

ब्राजिलमै आयोजना भइरहेको कोपा अमेरिकामा दुई खेल खेलेको घरेलु टिमले ७ गोल गरिसकेको छ। पहिलो खेलमा भेनेजुएलालाई ३-० ले पराजित गरेको ब्राजिलले दोस्रो खेलमा पेरुविरुद्ध ४-० को फराकिलो जित निकालेको थियो।

कोलम्बियाले भने कोपा अमेरिकामा यसपटक खराब सुरुवात गरेको छ। तीन खेल खेलेको कोलम्बियाले एक जित, एक हार र एक बराबरी नतिजा निकालेको छ। पहिलो खेलमा इक्वेडरलाई १-० ले पराजित गरेको कोलम्बिया दोस्रो खेलमा भेनेजुएलासँग गोलरहित बराबरीमा रोकिएको थियो भने तेस्रो खेलमा पेरुसँग् २-१ ले पराजित हुन पुगेको थियो।

Facebook Comments Box