मोटिङको दुई गोलमा बायर्नन विजयी

बार्यनका लागि डेब्यू खेलमा एरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डीएफबी पोकलमा सहज जित निकालेको छ । डीएफबी पोकलको पहिलो चरण अन्तर्गत बिहीबार राति भएको खेलमा मोटिङले दुई गोल गरेपछि बार्यनले पाँचौ डिभिजन क्लब क्लब डुरिनमाथि ३–० को जित निकाल्यो ।

फ्रि–ट्रान्सफरमा बायर्न आएका मोटिङले दुई गोल गर्दा अर्को एक गोल थोमस मुलरले गरे । बायर्नले पहिलो हाफमा २ र दोस्रो हफमा १ गोल गरेको थियो ।

२४औं मिनेटमा मोटिङले बायर्नलाई खेलमा अग्रता दिलाएका थिए । थोमस मुलरले ३५औं मिनेटमा पेनाल्टीमा गोल गर्दै बायर्नको अग्रतालाई दोब्बर बनाए । ७५औं मिनेटमा गोल गर्दै बायर्नको जित सुनिश्चित गरेका थिए । पहिलो हफामा उत्कृष्ट प्रदर्शन गरेको बायर्नले दोस्रो हाफमा कमजोर प्रदर्शन गरेको थियो ।

अन्तराष्ट्रिय खेलका कारण प्रशिक्षक हान्सी फिलिकले टोलीमा ब्यापक परिवर्तन गरेका थिए । उनले बायर्नमा यसै सिजन आएका मोटिङसहित ड्युगलस कोस्टा र मार्स रोसालाई प्लेईङ सेटमा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP