कारबाओ कप सेमिफाइनल ड्र, कसको प्रतिद्वन्द्वी को?

20 Dec, 2024
Share:
117 Shares

कारबाओ कपको सेमिफाइलनको ड्र सर्वाजनिक भएको छ।

शुक्रबार भएको ड्र अनुसार सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले एन्ज पोस्टेकोग्लोउको टिम टोटनहम हर्सपरलाई प्रतिद्वन्द्वी पाएको छ।

टोटनहम बिहीबार राति नै भएको खेलमा म्यान्चेस्टर युनाइटेडलाई ४–३ले हराउँदै सेमिफाइनल पुगेको हो भने लिभरपुलले साउथ ह्याम्पटनलाई २–१ले हरायएको थियो।

सेमिफाइनलको पहिलो लेग टोटनहम हर्सपर स्ट्रेडियम र दोस्रो लेग एन्डफिल्डमा हुनेछ।

यस्तै, दोस्रो सेमिफाइनलमा आर्सनल र न्युकासल भीड्नेछन्। सेमिफाइनल पुग्ने क्रममा आर्सनलले क्रिस्टल प्यालेसलाई ३–२ले हराएको थियो भने न्युकासलले ब्रेन्टफोर्डको चुनौती ३–१ले पन्छाएको थियो।

सेमिफाइनलको पहिलो लेग ६ जनवरी ६ र दोस्रो लेग फेब्रुअरी ३ मा हुनेछ।