एस्टन भिल्ला शीर्ष स्थानमा, रोकियो पिएसजी, युभेन्ट्स पराजित

23 Oct, 2024

इंग्लिस क्लब एस्टन भिल्ला च्याम्पियन्स लिगको शीर्ष स्थानमा उक्लिएको छ। लिगमा लगातार तेस्रो जित निकाल्दै उनई एमेरीको टिम भिल्ला शीर्ष स्थानमा उक्लिएको हो।

लिगमा लगातार तेस्रो जित निकाल्ने क्रममा मंगलबार राति भएको खेलमा उसले इटालियन क्लब बोलोग्नामाथि २–०को जित निकाल्यो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ५५औं मिनेटमा कप्तान जोन म्यागिनको गोलमा भिल्लाले सुरुआती अग्रता लियो। ६४औं मिनेटमा जोन डुरानले गोल गर्दै भिल्लालाई २–०को जित दिलाए।

यस्तै, पोर्चुगिज क्लब स्पोर्टिङ सिपी एसके स्ट्रुम गराजलाई हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। २–०को जित निकालेसँगै ७ अंकसहित स्पोर्टिङ दोस्रो स्थानमा उक्लिएको हो। कार्भेना जाभेडामाथि ५–१को सानदार जित निकालेको मोनाको ७ अंकसहित नै तेस्रो स्थानमा छ।

यस्तै, अर्को खेलमा फ्रेन्च क्लब पिएसजी बराबरीमा रोकिएको छ। पिएसजीलाई घरेलु मैदानमै पिएसभीले १–१ गोलको बराबरीमा रोकेको हो।

खेलमा ३४औं मिनेटमा नोआ लाङको गोलमा पिएसभीले अग्रता लिएको थियो। तर, ५५औं मिनेटमा अचर्फ हाकिमीले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याए।

अर्को खेलमा इंग्लिस क्लब आर्सनल विजयी भयो। उसले घरेलु मैदानमा सख्तर डोनेस्कमाथि १–०को जित निकाल्यो। २९औं मिनेटमा डिमेट्रो रिन्जियाकको आत्मघाति गोलमा आर्सनल विजयी भयो।

यता, १० खेलाडीमा समेटिएको इटालिनय क्लब युभेन्टस पराजित भयो। ऊ जर्ममन क्लब स्टुटगार्डसँग १–०ले पराजित भयो। स्टुटगार्डका इल बिलाल टोउरेले दोस्रो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा गोल गरेका थिए।

यस्तै, अर्को इटालियन क्लब एसी मिलानले १० खेलाडीमा समेटिएको क्लब ब्रुगमाथि ३–१को जित निकाल्यो। मिलानका टिजानी रेजेन्डर्सले २ तगा क्रिस्टियन पुलुसिच १ गोल गरेका थिए। ब्रुगका किरिआनी सबेले गोल गरेका थिए।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]