
च्याम्पियन्स लिग : रियल, सिटी, बार्यन र चेल्सी मध्ये एक टिममात्र फाइनल पुग्ने, इटालियन क्लब सहज पोलमा
युरोपियन च्याम्पियन्स लिगको फाइनल्सको ड्र सार्वजनिक भएको छ। शुक्रबार राति सार्वजनिक ड्र अनुसार ठूला क्लबहरु एउटै पोलमा परेका छन्।
जसअनुसार च्याम्पियन्स लिगको सर्वाधिक सफल टिम तथा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड, इंग्लिग क्लबद्वय चेल्सी र म्यान्चेस्टर सिटी तथा जर्मन क्लब बायर्न म्युनिख एउटै पोलमा परेका छन्।
यसको अर्थ यी चार ठूलो टिम मध्ये एक टिम मात्र फाइनल पुग्ने छन्। क्वार्टरफाइनलमा रियलले चेल्सीसँग खेल्ने छ भने म्यान्चेस्टर सिटीले बार्यनको सामना गर्ने छ।
यस्तै, इटालियन क्लब भने सहज पोलमा परेका छन्। योसँगै सन् २०१६–१७ पछि इटालियन टिम फाइनल पुग्ने सम्भावना बलियो बनेको छ। क्वार्टरफाइनलमा इटालीका तीन टिम इन्टर मिलान, एसी मिलान र नापोली पुगेका छन्। यी तीनसँगै पोर्चुगिज क्लब बेन्फिका एउटा पोलमा छन्।
क्वार्टरफाइनलमा नापाली र बेन्फिाका तथा एसी र इन्टर मिलान भिड्नेछन्।
एउटा पोलमाक्वार्टरफाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बायर्न म्युनिखसँग खेल्ने भएको छ।
क्वार्टरफाइनलको पहिलो लेग ११ र १२ अप्रिलमा हुनेछ भने दोस्रो लेग १८–१९ अप्रिलमा हुनेछन्। यस्तै, सेमिफाइनलको पहिलो लेग ९–१० मे र दोस्रो लेग १६–१७ मे हुनेछ।
टर्कीको इस्तानबुलको ओलम्पिक रंगशालामा जुन १० मा फाइनल खेल हुनेछ।