वुल्भ्सलाई हराउँदै चेल्सी शीर्ष चारमा फर्कियो

21 Jan, 2025
Share:
117 Shares

इंग्लिस प्रिमियर लिगमा चेल्सी विजयी भएको छ। सोमबार राति भएको खेलमा चेल्सीले वुल्भ्समाथि ३–१को जित निकाल्यो।

यो जितसँगै चेल्सी शीर्ष चारमा फर्किएको छ। उसको २२ खेलमा ४० अंक भएको छ। ऊ शीर्ष स्थानको लिभरपुलभनदा १० अंकले पछि छ। यता वुल्भ्स १६ अंकसहित १७औं स्थानमा छ।

खेलमा चेल्सीले सुरुआती अग्रता लियो। उयसका टोसिन अडाराबियोले २४औं मिनेटठमा गोल गरेका थिए। तर, पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा म्याट डोहर्टीले गोल गर्दै वुल्भ्सलाई बराबरीमा ल्याए।

दोस्रो हाफमा ५ मिनेट अन्तरमा २ गोल गर्दै चेल्सीले खेल आफ्नो पक्षमा बनायो। उसका मार्क कुकुरेलाले ६०औं मिनेटमा गोल गर्दै टिमलाई २–१को अवस्थामा ल्याए। त्यसपछि ६५औं मिनेटमा नोनी माडुएकेले गोल गरेपछि चेल्सीले ३–१को अग्रता लियो।

खेलमा त्यसपछि गोल नहुँदा चेल्सी विजयी भयो।