प्रिमियर लिगमा ब्राइटनसँग चेल्सीको नमीठो हार

15 Feb, 2025
Share:
117 Shares

इन्जो मारेस्काको टिम चेल्सी प्रिमियर लिगमा पराजित भएको छ। शुक्रबार राति भएकोको खेलमा चेल्सी ब्राइटनसँग ३–०को नमीठो हार व्यहोर्न बाध्य भयो।

खेलमा ब्राइटनलाई जित दिलाउन यानकुम्बा मेन्टेले २ गोल गरे भने काउरु मिटोमाले पनि गोल गरे। उसले पहिलो हाफा २ र दोस्रो हाफमा १ गोल गरेको थियो।

२७औं मिनेटमा मिटोमाले गोल गर्दै ब्राइटनलाई अग्रता दिलाए। ३८औं मिनेटमा मेन्टेले टिमको अग्रता दोब्बर बनाए। त्यसपछि ६३औं मिनेटमा मेन्टेले नै गोल गरेपछि ब्राइटन ३–०ले विजयी भयो।

हारपछि पनि चेल्सी चौथो स्थानमै छ। उसको २५ खेलमा ४३ अंक छ। यता, ब्राइटन भने ३७ अंकसहित आठौं स्थानमा छ। लिगमा ५७ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ।