चेल्सीले भित्र्यायो पोर्चुगिज विंगर नेटो

12 Aug, 2024
Share:
117 Shares

पछिल्ला केही सिजन ट्रान्सफर मार्टेकमा थुप्रै रकम खर्चे पनि खराब प्रदर्शन गरेको लन्डन क्लब चेल्सीले नयाँ सिजनमा सोही क्रमलाई दोहोर्‍याएको छ।

यो सिजन थुप्रै युवा खेलाडीलाई भित्र्याएको चेल्सीले पोर्चुगिज विंगर पेड्रो नेटोलाई अनुबन्धन गरेको छ। चेल्सीले वुल्भ्सका २४ वर्षीय विंगर भित्र्याउन ५४ मिलियन युरो खर्चियो।

अघिल्लो सिजन वुल्भ्सका लागि उत्कृष्ट प्रदर्शन गरेका नेटोले चेल्सीसँग ७ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०३१ सम्म स्टामफोर्ड ब्रिजमा रहने छन्।

पोर्चुगिज क्लब ब्रागाको उत्पादन नेटो सन् २०१९मा वुल्भ्स आएका थिए। त्यसअघि उनले १ सिजन लाजियोमा लोनमा बिताएका थिए। वुल्भ्सबाट १३५ खेल खेल्दै २४ गोल गरेका छन्।

पोर्चुगलका लागि उनले १० खेल खेल्दै १ गोल गरेका छन्।