चेल्सीले भित्र्यायो २ युवा स्टार

23 Jun, 2024
Share:
117 Shares

लन्डन क्लब चेल्सीले २ युवा स्टार अनुबन्धन गरेको छ। चेल्सीले ब्राजिलियन युवा स्ट्राइकर स्टेभाओ विलियन र इंग्लिस युवा मिडफिल्डर ओमरी किलमनलाई अनुबन्धन गरेको छ।

१७ वर्षीय स्ट्राइकर स्टेभाओलाई चेल्सीले ब्राजिलियन क्लब पाल्मरेइसबाट २९ मिलियन पाउण्डमा अनुबन्धन गरेको हो। दक्षिण अमेरिकाकै उदाउँदा स्टारका रुपमा रहेका स्टेभाओ अर्को सिजन चेल्सीमा आबद्ध हुनेछन्।

पाल्मरेइसको सिनियर टिमबाट १० खेल खेलिसकेका उनले चेल्सीसँग ७ वर्षको सम्झौता गरेका छन्।

यस्तै, चेल्सीले अर्को इंग्लिस क्लब एस्टन भिल्लाबाट १९ वर्षीय मिडफिल्डर किलमनलाई भत्र्याएको छ। उनका लागि चेल्सीले १९ मिलियन पाउण्ड खर्चिएको छ।

किलमनले चेल्सीसँग सन् २०३० सम्मको सम्झौता गरेका छन् भने थप एक वर्ष सम्झौता लम्बयाउने सुविधा पनि उनलाई हुनेछ।

उनले एस्टनभिल्लाको सिनियर टिमबाट ६ खेल खेलिसकेका छन्।