ज्याक्सनको ह्याट्रिकमा टोटनहममाथि चेल्सीको जित

7 Nov, 2023

प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई ४–१ ले पराजित गरेको छ । टोटनहमका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा चेल्सीका निकोलस ज्याक्सनले ह्याट्रिक गरे।

यो हारपछि लिगमा टोटनहमको अपराजित यात्रा समाप्त भएको छ र शीर्ष स्थानमा उक्लने मौका पनि गुमाएको छ।

प्रिमियर लिगको इतिहासमै सबैभन्दा नाटकीय बनेको खेलमध्येमा रहेको यस खेलमा ५ गोल भयो भने पाँच गोललाई नै मान्यता दिइएन । दुई रातो कार्ड देखाइयो भने १४ पटक भिएआर चेक भएको थियो।

टोटनहमको घरेलु मैदानमा भएको खेलको छैटौं मिने६मै डेजान कुलुसेभ्स्कीले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। त्यसपछि चेल्सीका लागि २१औं मिनेटमा रहिम स्टर्लिङ र २८औं मिनेटमा काइसेडोको गोललाई भिएआरले मान्यता दिएन।

३३औं मिनेटमा टोटनहमका क्रिस्टियन रोमेरोले रातो कार्ड पाए र टोटनहम १० खेलाडीमा समेटियो । त्यसैमा प्राप्त पेनाल्टीमा चेल्सीका कोल पाल्मरले गोल गर्दै खेल बराबरी गरे।

५५औं मिनेटमा डेस्टिनी उडोगोएले पनि रातो कार्ड पाएपछि टोटनहम ९ खेलाडीमा समेटियो। त्यसको फाइदा उठाउँदै चेल्सीले तीन गोल गोल गर्‍यो र त्यसमा ज्यासनले ह्याट्रकि गरे। उनले ७५औं मिनेटमा पहिलो गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए । त्यसपछि ज्याक्सनले इन्जुरी टाइममा दुई गोल गर्दै ह्याट्रिक पूरा गरे।

जितपछि चेल्सी ११ खेलबाट १५ अंक जोडेर दशौँ स्थानमा उक्लेको छ । समान खेलबाट २६ अकसहित टोटनहम दोस्रो स्थानमै छ र लिग लिडर म्यानचेष्टर सिटी भन्दा एक अंकले पछि छ।