पुलिसलाई हराउँदै चर्च बोइज विराट गोल्डकपको फाइनलमा, उपाधि भीडन्त थ्री स्टारसँग

11 Mar, 2025
Share:
117 Shares

चर्च बोइज युनाइटेड विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सोमबार राति विराटनगरस्थित शहिद रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–०ले हराउँदै चर्च बोइज फाइनलमा पुगेको हो।

चर्च बोइजलाई जित दिलाउन लाक्पा पाख्रिनले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलमा उनले ७०औं एबायोमीको लामो पासमा बललाई पोस्टको दिशा दिएका थिए।

अब चर्च बोइजले उपाधिका लागि थ्री स्टार क्लबसँग खेल्ने छ। थ्री स्टार अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनल पुगेको हो ।

फाइनल खेल बुधबार हुनेछ। विराट गोल्डकपको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्।