चर्च बोइइज र पारो एफसी भीड्दै

13 Aug, 2024
Share:
117 Shares

एएफसी च्यालेञ्ज लिगको प्रारम्भिक चरणमा नेपाल ए डिभिजन लिग च्याम्पियन चर्च बोइइज युनाइटेडले आज भुटानको लिग च्याम्पियन पारो एफसीसँग खेल्दैछ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भोलि साँझ ६ बजेदेखि सुरु हुनेछ। खेल जिते एएफसी च्यालेञ्ज लिगको समूह चरणमा पुग्ने भएकाले दुवै टिमका लागि यो खेल निकै महत्वपूर्ण छ।

घरेलु मैदानमा हुने खेलमा लागि चर्च बोइजले अधिकांश राष्ट्रिय टोली खेलाडीलाई टिममा ल्याएको छ भने ३ विदेशी खलाडी पनि समावेश गरेको छ। यता, पारो एफसीले जपानिज स्टार केइसुके होन्डासहित ११ विदेशी खेलाडीलाई टिममा राखेको छ।

बालगोपाल महर्जनको प्रशिक्षणमा चर्च बोइजले १ महिनादेखि प्रतियोतिगाको तयारी गरिरहेकाले टिम घरेलु मैदानमा जित निकाल्न चाहन्छ। तर, स्तरीय विदेशी खेलाडीले भरिएको पारोविरुद्ध जित निकाल्न चर्चा बोइजलाई त्यति सहज भने हुने छैन।

विदेशी खेलाडीले भरिएको पारोविरुद्ध खेल्न गह्रो हुने भएपनि तयारी राम्रो भएकाले आफू उनीहरुविरुद्ध खेल्न तयार रहेको प्रशिक्षक महर्जनले बताएका छन्। प्रशिक्षक महर्जनले घरेलु मैदानमा राम्रो नतिजा ल्याएर खुसी दिने बताए।

टिम कम्पिनेशन राम्रो भएकाले पारोलाई हराउनेमा आफू विश्वस्त रहेको कप्तान अनन्त तामाङले बताएका छन्। उनले आफूहरू शारीरिक र मानसिक रुपमा तयार रहेको बताए।

यता, पारोमा प्रशिक्षक पुष्पलाल शर्माले अधिकांश विदेशी खेलाडी भएपनि टिम कम्बिनेसन राम्रो रहेको बताएका छन्। उनले पिचको अवस्थाले भने नतिजामा असर गर्न सक्ने आशंका गरेका छन्।

चर्च ब्वाइजले एएफसी क्लब लाइसेन्स प्राप्त गरेपछि महादेशिय क्लब प्रतियोगितामा डेब्यु गर्न लागेको हो। च्यालेन्ज कप प्लेअफको विजेता मुख्य समूह चरणमा प्रवेश गर्नेछ र विजेताले एक लाख डलर प्राप्त गर्नेछ ।