एएफसी च्यालेन्ज लिगमा चर्च बोइज भुटानकाे पारो एफसीसँग पराजित

13 Aug, 2024
Share:
117 Shares

एएफसी च्यालेन्ज लिगको प्लेअफमा नेपालको ए डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेड पराजित भएको छ। मंगलबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा चर्च बोइज सुरुआती अग्रता जोगाउन नसक्दा २–१ले पराजित भयो।

बर्षाले हिलाम्मे बनेको रंगशालामा लाकेन लिम्बूले ३८औं मिनेटमा गोल गर्दै चर्च बोइजलाई अग्रता दिलाए। तर, त्यसको २ मिनेटपछि नै पारो खेलाललाई बराबरीमा ल्यायो।

चर्च बोइजको गोलकिपर दीप कार्कीले पन्च गर्न खोजेको बलमा अनमार्क रहेका पारोका किङ्गा वाङ्चुकले सहजै गोल गरेका थिए।

पहिलो हाफ १–०मै सकियो। तर, ६६औं मिनेटमा विलियम ओपोकुले गोल गर्दै पारोलाई २–१को अग्रता दिलाए। चर्च बोइजका डिफेन्डर स्पिलप भएको अवस्थामा डिबक्सबाट उनले प्रहार गरेको पावरफुल सट गोलमा परिणत भएको थियो।

खेलमा पछि परेपछि चर्च बोइजले खेलमा फर्कने प्रयास गरेको थियो, तर सफल हुन सकेन। सञ्जिव विष्टको पावरफुल सट पारो गोलकिपरले बताए भने इन्जुरी समयमा मोसेस ग्याबा फ्रि हेडरमा गोल गर्न चुके।

पारो एफसीले अधिकांश विदेशी खेलाडीलाई मैदान उतारेको थियो। उसले जापानीज स्टार केसुके होन्डासहित ९ विदेशी खेलाडीलाई पहिलो रोजाईमा खेलाएको थियो। त्यसको असर नतिजामा देखिएयो।

यो जितसँगै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ।